काठमाडौंः झापा र काभ्रेपलाञ्चोकबाट विभिन्न मुद्दामा फरार रहेका तीन जना पक्राउ परेका छन् ।

झापामा जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादीहरु दमक नगरपालिका–९ बस्ने २० वर्षीय संगम पाँचकोटी र सोही ठाउँ बस्ने १९ वर्षीय ओम भन्ने अमन धिमाललाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले सोमबार पक्राउ गरेको छ ।

झापा जिल्ला अदालतको २०७५ पुस १६ गतेको फैसला अनुसार जनही १ वर्ष कैद सजाय भएका उनीहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराइएकोमा अदालतको आदेश अनुसार बाँकी कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


यसैगरी, काभ्रेपलाञ्चोकमा लेनदेन विगो मुद्दाका फरार प्रतिबादी धुलिखेल नगरपालिका–७ बस्ने ३६ वर्षया सनिल लामालाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

जिल्ला अदालत काभ्रेपलाञ्चोकको २०७६ मंसिर १६ गतेको फैसला अनुसार २ वर्ष कैद सजाय भई फरार लामालाई सोही ठाउँस्थित लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

फैसला कार्यावन्यनको लागि लामालाई जिल्ला अदालत धुलिखेलमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन १२ गते बुधबार, १४:३१