बाँकेः प्रहरीले बाँकेबाट विभिन्न मुद्दामा फरार रहेका दुई जनालाई पक्राउ गरेको छ ।

बाल यौन दुरुपयोग मुद्दामा फरार रहेका कोहलपुर नगरपालिका–१ बस्ने आकाश सार्कीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत बाँकेको २०७५ फागुन २९ गतेको फैसलाले बाल यौन दुरुपयोग मुद्दामा ६ महिना कैद सजाय भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी, चोरी मुद्दाका फरार प्रतिवादी बाँके कोहलपुर नगरपालिका–११ बस्ने सुरज परियारलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत बाँकेको २०७५ पुस १० गतेको फैसलाले चोरी मुद्दामा ११ दिन कैद र १५ हजार रुपैयाँ जरिवाना भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।


दुवै जनालाई जिल्ला अदालत बाँकेमा बुझाइने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल पुस २१ गते मंगलबार, १६:५४