काठमाडौंः सन् २०१९ का लागि विभिन्न विधाको नोबेल पुरस्कार घोषणा गरिएको छ ।

साहित्यतर्फको नोबेल पुरस्कारको घोषणा बिहीबार गरिएको छ ।

यस वर्ष साहित्यतर्फको नोबेल पुरस्कार अस्ट्रियाका नाट्यकार पिटर ह्यान्डकेले पाएका छन् । यस्तैअघिल्लो वर्ष रद्द भएको साहित्यतर्फको नोबेल पुरस्कार भने पोल्यान्डकी उपन्यासकार ओल्गा टोकारजुकलाई प्रदान गरिएको छ ।

गत वर्ष यौन उत्पीडन आरोपको बीचमा नै साहित्यको पुरस्कार रद्द गरिएको थियो।

त्यस्तै, भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार जेम्स पिब्लेस, माइकल मेयर र डिडेर क्वयलोजले संयुक्त रुपमा प्रदान गरिएको छ । पिब्लेसलाई ब्रह्माण्डको क्रमिक विकाससम्बन्धी खोजका लागि नोबेल पुरस्कार प्रदान गरिएको हो भने मेयर र क्वयलोजलाई तारावरिपरि सूर्यजस्तै देखिने ग्रह पत्ता लगाएबापत दिइएको हो ।


यसैगरी, चिकित्साशास्त्रतर्फको नोबेल विलियम जी केलिन, सर पिटर जे ¥याटक्लिफ र ग्रिग एल सोमेन्जालाई प्रदान गरिएको छ । अक्सिजनसँग जिनले गर्ने प्रतिक्रियालाई नियन्त्रित गर्ने तरिकाको खोजका लागि उनीहरुलाई यो पुरस्कार प्रदान गरिएको हो ।

रसायनशास्त्रतर्फको पुरस्कार एम स्ट्यान्ले विटिङहम, अकिरा योसिन्हो र जोन बी गुडइनफले संयुक्त रुपमा प्रदान गरिएको छ  । उनीहरुलाई पोर्टेबल उपकरणमा प्रयोग हुने चार्ज गर्न मिल्ने लिथियम आयोन ब्याट्रीको खोज र विकासबाट पुर्‍याएको योगदानका लागि यो पुरस्कार प्रदान गरिएको हो ।

नोबेल शान्ति पुरस्कार आज शुक्रबार घोषणा हुनेछ भने अर्थशास्त्रतर्फको आगामी सोमबार घोषणा गरिँदै छ ।

नोबेल पुरस्कार विजेताहरूलाई पदक, प्रमाणपत्र र नौ लाख डलर प्रदान गरिनेछ । एक विधामा एक जनाभन्दा बढी विजेता भए उक्त रकम बाँडेर लिनुपर्छ ।

 


प्रकाशित मितिः शुक्रबार, असोज २४, ०७:०३