पाँचथरः कुम्मायक गाउँपालिका२ भन्ज्याङ बस्ने ५७ वर्षीय राजध्वज शेर्मालाई १ नाल भरुवा बन्दुक, १ थान भाँचिएर २ टुक्रा भएको भरुवा बन्दुक, करिब २ सय ग्राम बारुद जस्तो देखिने कालो धुलो पदार्थ, ११ थान डेटोनेटर जस्तो देखिने बस्तु र २.१५ मिटर डेटकर्ड जस्तो देखिने तार सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

शेर्माले आफ्नै घरमा हातहतियार लुकाई राखेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले घर खानतलासी गर्ने क्रममा उक्त हातहतियार फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल पुस ५ गते आइतबार, १५:४१