काठमाडौं: त्रिभुवन विमानस्थलबाट भन्सार छलेर ल्याएको ३९ वटा आइफोनसहित दूई जना पकरौ परेका छन् । करिब २० लाख मूल्य बराबरको ३९ वटा आइफोन सहित महानगरीय अपराध अनुसन्धान महाशाखाले दूई जनालाई पक्राउ गरेको हो ।

बुधबार महानगरीय अपराध अनुसन्धान महाशाखाको विशेष टोलीले चावेल गौरीघाट र न्यूरोडबाट ३९ वटा आइफोनसहित २ जनालाई पक्राउ गरेको हो । आइफोन सिक्स प्लस मोडलका ८ वटा र आइफोन सिक्स मोडलका ३१ वटा आइफोन बरामद भएको हो । पक्राउ परेका २ जनाको परिचय खुलाइएको छैन ।