कास्कीः पोखरा विमानस्थलको गेट नजिकै बम भेटिएको छ ।

विमानस्थल नजिकै बम भेटिए लगत्तै नेपाली सेनाको डिस्पोजल टोलीले बम निष्कृय पारेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

आज नै प्रदेश नम्बर ४ को सुरक्षा गोष्ठीका लागि गृहमन्त्री राम बहादुर थापा पोखरा पुगेका हुन् । गृहमन्त्री थापा विमानस्थलमा ओर्लीने वित्तैकै विमानस्थलको गेटमा नै बम भेटिनुलाई सुरक्षाको हिसाबले चुनौतीपूर्ण रहेको मानिएको छ ।

बम कसले राखेको हो भनि खुल्न आएको छैन् बम राख्ने व्यक्तिको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणको विरोधमा नेत्रविक्रम चन्द विप्लव माओवादीले नेपाल बन्दको आह्वान गरेको थिायो ।


सोही अनुरुप प्रहरीले विप्लव माओवादीका कार्यकर्ताले बम राखेको हुनसक्ने आशांका गर्नुका साथै, उक्त ठाउँमा अहिले सुरक्षा अवस्था उच्च सतर्कता अपनाइएको जिल्ला प्रहरी कार्यालय पोखराले जनाएको छ ।