काठमाडौं: निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा सानाठूला गरी साढे २४ लाखभन्दा बढी रूख काटिने भएको छ । सरकारले बाराको कोहल्बी नगरपालिका-८ र जितपुर सिमरा उपमहानगरपालिका-१ मा पर्ने ८ हजार ४५।७९ हेक्टर क्षेत्रमा दोस्रो विमानस्थल निर्माण अघि बढाएको छ ।

वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनअनुसार ५ लाख ८५ हजार ४ सय ९९ ठूला र १८ लाख ६४ हजार ८ सय २० वटा पोल आकारका रूख काटिनेछन् । तीमध्ये १ लाख ९८ हजार ४ सय ५० छिप्पिएका सालका रूख छन् भने ४ लाख ५ हजार वटा रूख पोल आकारका छन् ।

अन्य रूखमा सिसौ, खयर र सोही प्रजातिमा पर्ने सिमल, बोताध्याँरो र कर्मा जातका छन् ।


। यी सबै रूखबाट उत्पादन हुने काठ र दाउराको मूल्य करिब ५ खर्ब ९६ करोड रुपैयाँ हुने अनुमान छ । विमानस्थल निर्माण हुने क्षेत्रमा प्रतिहेक्टर ३ हजार ९ सय प्राकृतिक बोटबिरुवा रहेको देखिन्छ । ती रुख वनसँगको सहकार्यमा नेपाली सेनाले काट्नेछ । कान्तिपुर दैनिकमा समाचार छ