काठमाडौंः विराटनगर महानगरपालिकाले राष्ट्रिय महिला लिग फुटबलमा पहिलो जित निकालेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा रौतहटको चन्द्रपुर नगरपालिकालाई ५–० ले पराजित गर्दै विराटनगरले पहिलो जित निकालेको हो ।
विराटनगरका लागि कुसुम खड्काले ह्याट्रिक गरिन् भने अनु राई र सरिता शेर्पाले एक एक गोल गरिन् ।
खेलको १२ औं मिनेटमा कुसुमले गोल गर्दै विराटनगरलाई अग्रता दिलाएकी थिइन् । ३२ औं मिनेटमा अनुले गोल गर्दै विराटनगरलाई दोब्बर अग्रता बनाइन् । ३६ औं मिनेटमा सरिताले गोल गर्दै विराटनगरलाई ३–० ले अघि बढाइन् । ७४ औं मिनेटमा कुसुमले व्यक्तिगत दोस्रो गोल गर्दै विराटनगरलाई ४–० को अग्रता दिलाईन् ।
। त्यसपछि ७५ औं मिनेटमा कुसुमले व्यक्तिगत तेस्रो तथा ह्याट्रिक पुरा गर्दै विराटनगरलाई ५–० को जित दिलाईन् ।
जितसँगै विराटनगरले ३ खेलमा ४ अंक जोडेको छ । चन्द्रपुरले ३ खेलमा ३ अंक जोडेको छ ।
प्रकाशित मितिः २०७७ साल माघ १४ गते बुधबार, १६:३४
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook