विराटनगरः विराटनगर महानगरपालिका–१३ स्थित थापानिवास टोलमा भारतले १० वर्षदेखि अवैध रूपमा सञ्चालन गरिरहेको फिल्ड कार्यालय हटाउने निर्णय गरेको छ ।

विराटनगरमा स्थापना भएको भारतीय दूतावासको फिल्ड अफिस ‘नेपालमा भारतीय हस्तक्षेप बढेको प्रमाण’ बनेर बारम्बार विवादमा आएको थियो।

नेपाल कम्युनिष्ट पार्टीको जेठ ५ मा बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा रहेको भारतीय फिल्ड अफिस हट्ने घोषणा गरेको तीन दिनपछि भारतले हटाउने औपचारिक जानकारी दिएको हो ।