काठमाडौंः काठमाडौं उपत्यकामा भोलिदेखि जारी हुने निषेधाज्ञाका क्रममा विवाहमा सहभागी हुन २ वटा गाडीसम्म प्रयोग गर्न पाइने भएको छ ।

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका क्रममा विवाहका लागि २ वटा गाडीसम्म प्रयोग गर्नु परेमा प्रशासनको अनुमति लिनुनपर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

प्रशासन कार्यालयका अनुसार भोलिदेखि लागू हुने गरी सोमबार जारी गरेको आदेशमा संशोधन गर्दै विवाहमा सहभागी हुन व्यानर र दुलाहा दुलहीसहित १५ जनाका लागि दुईवटा सवारी साधन प्रयोग गर्न सवारी पास आवश्यक नपर्ने व्यबस्था गरेको हो ।

यसैगरी, निषेधाज्ञाको अवधिमा बैंक तथा वित्तीय संस्था तथा बित्तीय कारोबार गर्ने इजाजत प्राप्त सहकारीका कर्मचारीले संस्थाको परिचयपत्रका आधारमा आफूले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाउने भएका छन् ।



प्रकाशित मितिः २०७८ साल वैशाख १५ गते बुधबार, १३:३६