काठमाडौंः कोरोना कहर बिच गायक विवेक झाले आशाको गीत ‘भिड’ लिएर दर्शक स्रोता माझ आएका छन ।

गीतमा शब्द र संगीत विवेक झाको रहेको छ । गीतको संगीत संयोजन कोबिद बज्रले गरेका हुन् । म्यूजिक भिडियोमा निश्चल कार्की र अन्य कलाकारहरुको जिवन्त अभिनय देख्न सकिन्छ ।

यसअघि कमेडी भिडियोहरुमा प्रायः देखिने निश्चलले आफ्नो मन छुने अभिनयबाट सबैको मन जितेका छन् । उज्ज्वल जोशीले भिडियोलाई छायांकन र सम्पादन गरेका हुन् । रिजन थापाको कन्सेप्ट र निर्देशनमा भिडियो तयार भएको हो ।

भिडियोलाई ओएसआर डिजिटलको अफ़िसिएल च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः मंगलबार, वैशाख ९, १६:१७