काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संविधान प्रदत्त अधिकारलाई खोसेको र अधिनायकवादी भएको  भन्दै विवेकशिल साझाले सरकार विरुद्ध शनिवार देशभर प्रदर्शन गर्ने भएको छ। प्रदर्शन प्रदर्शन शान्तिपूर्ण हुने तथा दुई नारा मात्र प्लेकार्डमा रहने पनि सो पाार्टीले जनाएको छ ।

पार्टी कार्यालयमा शुक्रवार भएको प्रहरी हस्तक्षेपको विरोधमा शान्तिपूर्ण विरोधका निम्ति शनिवार बिहान ११ बजे केन्द्रीय कार्यालय, बखुण्डोलमा उपस्थित हुन साझाले आह्वान गरेको विवेकशिल साझाले जनाएको छ ।

काठमाडौं उपत्यका बाहिर भने आफ्नो इकाईसंग समन्वयन गरेर आफ्नो टोल, वडा, जिल्ला, प्रदेशको प्रमुख चोकमा ११ बजे प्रदर्शन गर्न समेत कार्यकर्ताहरुमा आह्वान गरिएको समेत बताइएको छ ।