काठमाडौंः फिफा विश्वकप अन्तर्गत समुह ‘ई’ को खेलमा अहिले सर्विया र कोस्टारिकाबिच खेल भईरहेको छ।

खेलको पहिलो हाफ सकिँदा सम्म कुनै टोलीका तर्फबाट गोल हुन सकेको छैन। दुवै टोलीले खेलमा अग्रता कायम गर्ने केहि सुनौला अवसर प्राप्त गरेपनि अवसरलाई गोलमा परिणत गर्न नसक्दा पहिलो हाफको खेल बराबरीमा सकिएको हो।

पहिलो हाफको खेलमा सर्बियाले कोस्टारिकालाई दबाबमा राख्न सफल भएपनि कोस्टारिकाले पाएका केहि सुनौला अवसरलाई गोलमा परिणत गर्न सकेन।

यस्तै सर्बियाका तर्फबाट समेत प्रहार भएका केहि सटहरुलाई कोस्टारिकाका गोल किपर केलर नाभासले विफल तुल्याइदिए। खेलको २२ औं मिनेटमा कोस्टारिकाका फ्रान्सिस्को काल्भाले पहेँलो कार्ड पाएका थिए।