रूस : रूसमा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा आज पनि दुइ खेल हँुदैछन । नेपाली समय अनुसार साँझ पौने ८ बजे स्विडेन र स्विट्जरल्याण्ड बीच प्रतिष्पर्धा हुँदैछ ।

स्विडेन विश्वविजेता जर्मनीसँग पराजित भए पनि मेक्सिको र दक्षिण कोरियालाई हराउँदै समूह ‘एफ’ को विजेता हुँदै अन्तिम १६ मा स्थान बनाउन सफल भएको थियो।

सबै खेलमा गोल गर्न सफल स्विट्जरल्यान्ड प्रतियोगितामा अपराजित टोलीमध्येको एक हो। यस्तै आजकै दोस्रो खेलमा इंग्ल्यान्ड र कोलम्बिया बीच नेपाली समय अनुसार राती ११:४५ बजे प्रतिष्पर्धा हुनेछ ।