रूसमा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा आजबाट नक आउट चरणका खेल सुरु हुँदैछ । अाजबाट हुने नकआउट चरणका अन्तिम १६ का खेलहरुले टिमको भविष्य निर्धारण गर्नेछ ।

नक आउट चरणका प्रवेश गर्नेमा युरोपबाट १० दक्षिण अमेरिकाबाट ४ तथा उत्तर अमेरिका र एसियाबाट एक–एक टोली छन्। अफ्रिकी टोलीले भने नकआउट चरणमा स्थान बनाउन सकेनन्।

अन्तिम १६ मा पुग्ने राष्ट्रहरूमा उरुग्वे, रसिया, स्पेन, पोर्चुगल, फ्रान्स, डेनमार्क, क्रोएसिया, अर्जेन्टिना, ब्राजिल, स्विट्जरल्याण्ड, स्वीडेन, मेक्सिको, बेल्जियम, इंग्ल्याण्ड, कोलम्बिया र जापान छन्।

यस्तै समूह चरणबाटै बाहिरिने टोलीमा साउदी अरब, इजिप्ट, इरान, मोरक्को, पेरू, अष्ट्रेलिया, नाइजेरिया आइसल्याण्ड, सर्बिया, कोस्टारिका, दक्षिण कोरिया जर्मनी, ट्युनिसिया, पानामा, सेनेगल र पोल्याण्ड रहेका छन्।


नकआउट चरणको पहिलो खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बजे ९कजान एरिना रंगशालामा समूह ‘सी’ विजेता फ्रान्स सँग समूह ‘डी’ उपविजेता अर्जेन्टिना भिड्ने छ । त्यस्तै आजको दोसा्रे खेलमा राती ११ः४५ बजे (फिस्ट ओलम्पिक रंगशालामा) समूह ‘ए’ विजेता उरुग्वे र समूह ‘बी’ उपविजेता पोर्चुगल बिच प्रतिस्प्रधा हुने छ ।