काठमाडौंःविश्वकप उपाधिको दाबेदार मानिएको टोली एक पछि अर्को गर्दै बाहिरिन थालेका छन् । विश्वकपको उपाधिको सशक्त दाबेदार मानिएको स्पेन, पोर्चुगल, अर्जेन्टिना र जर्मनी बाहिरिएका छन् ।

जर्मनी समूह चरणबाटै घर फर्किएको हो भने अर्जेन्टिना, स्पेन र पोर्चुगल नकआउट चरणबाट बाहिरिएका हुन् ।
विश्वकप फुटबलको क्वाटरफाइनल प्रवेशका लागि आइतबार सम्पन्न रोमाञ्चक खेलमा स्पेनलाई हराउँदै आयोजक रसिया विजयी भयो ।

निर्धारित ९० मिनेटमा १–१ को बराबरी र अतिरिक्त ३० मिनेटको समयमा कुनै गोल हुन नसकेपछि पेनाल्टी सुटआउटमा पुगेको खेलमा स्पेन रसियासँग ४–३ ले पराजित भएको हो ।

हारसँगै पूर्वविजेता समेत रहेको स्पेन नकआउट चरणबाटै घर फर्किन बाध्य भएको छ ।



यस्तै शनिबार भएको खेलमा पोर्चुगल उरुग्वेसँग २–१ ले पराजित भयो भने अर्जेन्टिना फ्रान्ससँग ४–३ गोल अन्तरले पराजित भयो ।