रसियाः फिफा विश्वकप अन्तर्गत रसियाको सेन्ट पिटरर्सवर्गमा रङ्गशालामा जारी इरान र मोरक्कोबीचको खेलको ५० मिनेटको खेल सकिएको छ। अहिले सम्म कुनै पनि टोलीका तर्फवाट गोल हुन सकेको छैन।

दुवै टोलीले आक्रामक खेल खेलेपनि विपक्षिको रक्षापंक्तिलाइ चिर्न सकिरहेकका छैनन्। इरानले खेलका दौरान गोल गर्ने केहि सुन्दर अवसर प्राप्त गर्दा समेत फिनिसिङ् राम्रो हुन नसक्दा खेलमा अग्रता कायम गर्नबाट चुक्यो। खेलमा भने मोरक्को इरानमाथी हावी भएको देखिन्छ।

विश्वकप फुटबलमा यि दुई टोली पहिलो पल्ट आमनेसामने हुँदैछन्। दुवै टोलीको कुरा गर्दा रक्षात्मक पक्ष मजबुत देखिन्छ। सन् १९९८ पछि विश्वकपमा फर्केको मोरक्को आजको खेल जित्दै सुखद सुरुवात गर्न चाहन्छ।