काठमाडौंः रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘बि’ को खेलमा अहिले पोर्चुगल र मोरक्कोबीचको खेल सुरु भएको छ ।

नेपाली समय अनुसार ५:४५ बजे देखि सुरु भएको पहिलो खेलमा लुझनिकी रंगशालामा पोर्चुगलले मोरोक्कोको सामना गर्दै छ ।

पहिलो खेलमा स्पेनसँग बराबरी खेलेको पोर्चुगल समूहको दोश्रो स्थानमा रहेको हुँदा पोर्चुगल अर्को चरणमा प्रवेश गर्न यस खेल निकै नै महत्वपूर्ण रहेको छ। पोर्चुगलले सन् २००२ यता गैर(युरोपियन राष्ट्रसँग विश्वकपमा हार बेहोरेको छैन।

मोरोक्कोले पहिलो खेलमा इरान विरुद्ध हार बेहोरेपनि ६८ प्रतशित बल आफ्नो नियन्त्रणमा राखेको थियो। तर गोल गर्न नसक्ने समस्याका कारण पराजित भयो।


नकआउट चरणमा पुग्ने सम्भावनालाई बलियो बनाउनका लागि पनि दुबै टिमलाई जित्नैपर्ने दबाब छ ।

जसरी स्पेन विरुद्ध रोनाल्डोले ह्याट्रिक गरेका थिए त्यसरी नै आजको खेलपनि उनको पक्षमा पार्ल यो भने खेलले नै देखाउने छ ।