रूस : रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबल अन्तर्गत शुक्रबार आज पनि ३ खेलहरू हुँदैछन्। समूह चरण दोस्रो राउन्ड अन्तर्गत आज हुने पहिलो खेल सेन्ट पिटर्सबर्ग रंगशालामा समूह इ मा रहेका ब्राजिल र कोष्टारिकाबीच प्रतिस्पर्धा नेपाली समयअनुसार साँझ ५ः४५ बाट सुरु हुनेछ।
यस अघि समुह चरणको पहिलो खेलमा ब्राजिल स्विजरल्याण्डसँग १–१ को बराबरीमा रोकिएको थियो भने कोष्टारिका सर्बियासँग १–० ले पराजित भएको थियो। दोस्रो खेल नेपाली समयअनुसार बेलुका ८ः४५ बजे भोल्गोग्राड रंगशालामा समुह डी का नाइजेरीया र आइसल्याण्ड भिड्नेछन्।
अर्को चरणमा पुग्न आइसल्याण्डलाई यो खेल जित्नैपर्ने हुन्छ । नाइजेरीया पहिलो खेलमा कोस्टारिकासँग २–० ले पराजित भएको थियो भने आइसल्याण्डले अर्जेन्टिनालाई १–१ को बराबरीमा रोकेको थियो।
त्यस्तै आजको अन्तिम खेलमा राती ११ः४५ बजे कालिनिन्गराड रंगशालामा हुने समुह इ का सर्बिया र स्विजरल्याण्ड बीच प्रतिस्पर्धा हुने छ । स्विजरल्याण्डलाई पनि अघिल्लो चरणमा पुग्न आजको खेल जित्नैपर्ने दबाब छ।