रूस : रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा मंगलवार (आज) ४ खेलहरू हुँदैछन्।

समूह चरण तेस्रो तथा अन्तिम राउन्ड अन्तर्गत आज हुने पहिलो खेलमा समूह सी मा रहेका अष्ट्रेलिया र पेरू फिस्ट ओलम्पिक रंगशालमा प्रतिस्पर्धा गर्नेछन।खेल नेपाली समयअनुसार बेलुका ७ः४५ बाट सुरु हुनेछ।

आजै हुने दोस्रो खेल लुज्निकी रंगशाला मस्कोमा बेलुका ७ः४५ मै समुह सी कै डेनमार्क र फ्रान्स भिड्दैछन। यी दुई टोलीबीचको खेलपछि समूहको विजेता र उपविजेताको टुंगो लाग्नेछ।

त्यस्तै सेन्ट राती ११ः४५ मा समूह डी का अर्जेन्टिना र नाइजेरिया पिटर्सबर्ग रंगशालामा हुने अर्को खेल हुनेछ ।


अर्जेन्टिना पहिलो खेलमा आइसल्याण्डसँग १–१ को बराबरीमा रोकिएको थियो भने दोस्रो खेलमा क्रोएसियासँग ३–० को लज्जास्पद हार बेहोरेको थियो।

२०१४ को विश्वकपमा उपविजेता बनेको अर्जेन्टिनालाई अन्तिम १६ मा प्रवेश गर्न यो खेलमा जित्नैपर्ने दबाब छ।

उता ११ः४५ मै रोस्टोभ एरिना सामरा रंगशालामा हुने आजको अर्को खेलमा क्रोएसिया र आइसल्याण्ड बीच खेल हुनेछ।