घरेलु मैदानमा विश्वविजेता स्पेनलाई पराजित गर्दै आयोजक रसिया विश्वकपको क्वाटरफाइनलमा पुगेको छ।

निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको समय १-१ को बराबरीमा खेल रोकिएपछि पेनाल्टीसुटआउटबाट निर्णय भएको हो। जहाँ स्पेनका कोके र इयागो असपास गोल गर्न असफल भए। दुवैको पेनाल्टी प्रहार रसियाका गोलकिपर अकिनफिभले बचाए।

निर्धारित समय बराबरीमा सकिएपछि खेल खेलमा अतिरिक्त ३० मिनेट थपिएको थियो। खेलको सुरुमा स्पेनले रुसले दिएको सुसाइड गोलमा अग्रता लिएको थियो। स्पेनले खेलको १२औँ मिनेटमा सेर्गेइ इग्नासेभिचले बल रोक्ने क्रममा आत्मघाती गोल गर्न पुगेका थिए। त्यसपछि पहिलो हाफ सकिनु केही पहिले रुसका लागि आर्टेन डिज्यूबाले गोल गरेर खेललाई बराबरीमा ल्याए।


। आर्टेनले ४१ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन्।

रसियाले अब क्वाटरफाइनलमा आज नै हुने डेनमार्क तथा क्रोएशियाबीचको खेलको विजेतासँग प्रतिष्पर्धा गर्नेछ।