ताप्लेजुङः बाढीले बगाएर ताप्लेजुङमा १ जना युवा बेपत्ता भएका छन् ।

बिहीबार राति विश्वकप फुटबल हेरेर मोटरसाइकलमा फर्कने क्रममा फुङलिङमा रहेको हाङदेवा खोलाले बगाउँदा बेपत्ता भएका हुन् ।

वेपत्ता हुनेमा इलाम घर भएका २६ वर्षीय सनम राई रहेको प्रहरीले जनाएको छ ।

फुङलिङ बजारस्थित पाथीभरा मोटरसाइकल वर्कसपमा काम गर्ने राई चढेको मोटरसाइकल सहित खोलाले बगाएको थियो । मोटरसाइकल खोलाको केहि तल फेला परेपनि राई भने वेपत्ता रहेका छन् ।