काठमाडौंः विश्वकप फुटबल अन्तर्गत समूह ‘सि’ को अन्तिम खेलमा अष्ट्रेलिया पेरुसँग २–० पराजित भएको छ । पेरुले अष्ट्रेलियालाई पराजित गरेपनि दुबै टिम नकआउट चरणबाटै बाहिरिएका छन् ।

फ्रान्स र डेनमार्कको खेल बराबरीमै सकिएपछि यि दुबै टिम बाहिरिएका हुन् ।

यता खफिष्ट रंगशलामा भएको खेलमा पहिलो हाफमा १ गोलले अघि रहेको पेरुले दोस्रो हाफको ५० औं मिनेटमा गोल गर्दै दोब्बर अग्रता बनाएको थियो । पेरुका लागि खेलको ५० औं मिनेटमा पाउलो गुइरेरोले गोल गर्दै अष्ट्रेलियाविरुद्ध २-० गोलको अग्रता दिलाएका थिए ।

समूह सि बाट फ्रान्स र डेनमार्क नकआउट चरणमा प्रवेश गरेका छन् ।