काठमाडौंः विश्वकप फुटबल अन्तर्गत पहिलो क्वाटरफाइनल खेलमा फ्रान्सले उरुग्वेविरुद्ध २-० को जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

फ्रान्सेली खेलाडीलाई लगाएपछि उरुग्वेका रोड्रिगोलाई रेफ्रीले पहेलो कार्ड दिएसँगै फ्रान्सले डिबक्स नजिकै फ्रिकिको अवसर पाएको थियो ।

फ्रान्सका खेलाडी ग्रिजम्यानले हानेको फ्रिकिक बललाई राफेलले हेडमार्फत जाली चुमाए । उनले खेलको ४० औं मिनेटमा गोल गरेका हुन् । यस्तै ग्रिजम्यानले खेलको ६१ औं मिनेटमा अर्को गोल गरेसँगै फ्रान्सले उरुग्वेलाई स्तब्ध पार्दै आफ्नो सेमिफाइनलको बाटो तय गरेको हो ।

फ्रान्सले विश्वकपको प्रिक्वाटरफाइनलमा अर्जेन्टिनालाई ४–३ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।


। फ्रान्सले समूह चरणको खेलमा भने अष्ट्रेलियालाई २–१ ले, पेरुलाई १–० गोलअन्तरले पराजित गरेको थियो भने समूह चरणको अन्तिम खेलमा डेनमार्कसँग गोलरहित बराबरी खेलेको थियो ।

फ्रान्स एक पटकको विश्वकप विजेता हो उसले सन् १९९८ को विश्वकप जितेको थियो ।