काठमाडौंः रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समुह ‘ई’ को खेलमा ब्राजिलले जित हात पारेको छ । ब्राजिलले कोस्टारिकालाई २–० गोलले पछि पार्दै जित हात पारेको हो ।

ब्राजिलले दुबै गोल थप गरिएको समयमा गरेको थियो । ब्राजिलको जितमा नेयमारले खेल सकिन केही सेकेन्ड बाँकी रहँदा गोल गरे । त्यस्तै, ब्राजिलका लागि फिलिपे कौन्टिन्होले अन्तिम समयमा गोल गरेका थिए । उनले थप गरिएको अतिरिक्त समयमा गोल गर्दै ब्राजिललाई जित दिलाएका हुन् । ब्राजिलले सुरुवाती समयदेखि नै बल नियन्त्रणमा लिएको थियो ।

एकपछि अर्को प्रहार गरेको ब्राजिलले राम्रो अवसर पाएपनि थप गोल गर्न सकेन । ब्राजिलका फरवार्ड नेयमारले ४ पटक कोष्टारिकाको पोष्ट नजिकैबाट फ्रि किक प्रहार गरेका थिए ।


। तर, उनको फ्रि किक सशक्त हुन सकेन । पहिलो हाफसम्म दुबै टिमले बराबरी खेल खेलेका थिए ।

यो जितसँगै ब्राजिलले महत्वपूर्ण ३ अंक बटुलेको छ । ब्राजिलको २ खेलमा १ खेलमा जित र १ खेलमा बराबरी खेल्दै ४ अंक भएको छ । पराजित कोष्टारिका भने समूह चरणबाटै बाहिरिने खतरा बढेको छ ।