काठमाडौंः विश्वकप फुटबल २०१८ को चौथो दिन आज तीन खेल हुँदैछन् ।

आज हुने पहिलो खेल कोस्टारिका-सर्बिया, दोस्रो खेलमा जर्मनी-मेक्सिको र तेस्रो खेलमा ब्राजिल-स्विजरल्याण्ड  भिड्दै छन्।

यी तीन खेलमध्ये ब्राजिल र स्विजरल्याण्डबीच राती ११ः४५ हुने खेललाई विशेष रोचकताको रुपमा लिइएको छ ।

ब्राजिल यस्तो टोली हो, जसले ८० वर्षयता आफ्नो सुरुवात म्याच हारेको छैन्। ब्राजिल र स्विजरल्याण्ड विश्वकपमा यस अघि एक पटक मात्र आमनेसामने भएका छन्। १०५० मा भएको यी दुइबीचको खेलमा बराबरीमा सकिएको थियो।

ब्राजिल विश्वकपमा अहिले खेलिरहेका टोली मध्ये सबै भन्दा बढी ५ पटक च्याम्पियन बनेको छ।


। पछिल्लो १२ विश्वकपमा ग्रुप स्टेजमा ब्राजिल एक पटक पनि पराजित बनेको छैन। ब्राजिलले आफ्ना १८ सुरुवात खेलमा १६ खेल जितेको छ।