काठमाडौंः विश्वकप फुटबलमा नकआउट चरण अन्र्तगत भएको आजको पहिलो खेलमा ब्राजिलले २-० ले मेक्सिकोलाई हराएको छ ।

पहिलो हाफसम्म गोलरहित बराबरी रहेको खेलको दोस्रो हाफको ५१ औं मिनेटमा विलियनले डिबक्स भित्र क्रस गरेको बललाई नेइमारले गोलमा परिणत गरेका थिए भने नेमारको पासमा फर्मिनोले ८८ औ मिनेटमा गोल गरी अग्रता दोब्बर गरिदिएका थिए ।

मेक्सिकोले गोल गर्ने राम्रो अवसर पाएपनि सदुपयोग गर्न भने सकेन । बाँकी समयमा गोल हुन नसकेपछि ब्राजिलले मेक्सिकोलाई २–० गोलले हराएको हो ।

मेक्सिकोलाई पराजित गरेसँगै ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेको छ भने मेक्सिको विश्वकपबाट बाहिरिएको छ ।


रसियाको सामरा एरिना रंगशालामा यी दुई टीमबीच खेल भएको थियो ।

अब क्वाटर फाइनलमा ब्राजिलले बेल्जियम र जापानबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।