काठमाडौंः विश्वकप फुटबलको प्रिक्वाटरफाइनलमा स्वीट्जरल्यान्ड र स्वीडेनले पहिलो हाफसम्म गोलरहित बराबरी खेलेका छन् ।

स्वीट्जरल्यान्डले धेरै पटक गोल गर्ने अवसर पाएपनि गोल गर्न सकेन । यता, स्वीडेनले पनि गोल गर्ने अवसरलाई सदुपयोग गर्न सकेन ।

रसियाको सेन्ट पिटर्सबर्ग रंगशालामा जारी खेलमा दुबै टिम जितको खोजिमा छन् । समूह इ को उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको स्वीट्जरल्यान्ड स्वीडेनलाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाउने लक्ष्यमा रहेको छ ।

स्वीडेन भने समूह एच को विजेता टिम हो । स्वीडेनले आफ्नो पहिलो खेलमा दक्षिण कोरियालाई १–० गोलअन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा जर्मनीसँग २–१ गोलअन्तरले पराजित भएको थियो ।