काठमाडौं: विश्वकप फुटबल २०१८ अन्तर्गत समूह ‘जी’ मा इंगल्याण्ड र पानामा बीचको खेल सुरु भएको छ । पहिलो खेलमा कप्तान ह्यारी केनको अन्तिम समयमको गोलमार्फत ट्युनसियामाथि २-१ को जित हात पारेको इंग्ल्याण्ड लगातार दोश्रो जीत खेल्दै अन्तिम १६ मा स्थान बनाउने दाउमा रहेको छ।

निझ्नी नोभ्गोरोद रंगसालामा जारी खेलमा इजिप्टका ग्हीद गिसा मुख्य रेफ्री रहेका छन् । समूहको अर्को युरोपेली टोली बेल्जियमले लगातार दुई खेल जितिसकेकाले इंग्ल्याण्डले पनि जित हात पारे यी दुई एकआपसमा भिड्नुअघि नै दोस्रो चरणमा पुग्नेछन्। हिजो भएको खेलमा बेल्जियमले ट्युनसियालाई ५-२ गोल अन्तरले हराएको थियो ।