१४ जुन २०१८ मा रसियामा हुने विश्वकप २०१८ का लागि पोर्चुगलले टिम घोषणा गरेको छ।

१५ जुन मा आफ्नो पहिलो खेल प्रदर्शन गर्ने पोर्चुगलका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसले २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

टोलीको फरवार्ड खेलाडीको रुपमा क्रिस्टियानो रोनाल्डो, आन्द्रे सिल्भा, बर्नार्डो सिल्भा, गेल्सन मार्टिन्स, गोन्सालो गुएडेस, रिकार्डो क्वारेस्मा रहेका छन् ।

डिफेन्डरका रुपमा सेड्रिक सोएरस, रिकार्डो परेइरा, मारिओ रुइ, पेपे, जोसे फोन्टे, ब्रुनो एल्भस, राफेल गुएरेइरो, रुबेन डिएस रहेका छन् ।

मिडफिल्डरमा विलियम कार्वाल्हो, एड्रियन सिल्भा, जाओ मारिओ, जाओ माउटिन्हो, ब्रुनो फर्नान्डेस, म्यानुएल फर्नान्डेस

रहेका छन् भने गोलकिपरमा रुइ पाट्रिसिओ, एन्थोनी लोपेज, बेटो रहेका छन् ।