काठमाडौं:  विश्वकप २०१८ अन्तर्गत समूह ‘सी’को खेलमा डेनमार्क र अस्ट्रेलिया बीचको खेलमा १-१ गोलले बराबरीमा टुंगिएको छ । डेनमार्कले लिएको सुरुआती अग्रतालाई जोगाउन नसक्दा  बराबरी खेलेको हो ।

खेलको सातौ मिनेटमा नै क्रिस्टियन इरिकसेनले गोल गर्दै डेनर्माकलाई अग्रता दिलाएका थिए । तर अष्ट्रेलियाका लागि माइल जेडिनाकले गोल गर्दै १–१ गोलको बराबरीमा पुर्याए। खेलको ३८औं मिनेटमा डेनमार्कका खेलाडीले डिबक्सभित्र हातले बल रोकेपछि भिएआरको सहयोगमा अष्ट्रेलियाले पेनाल्टी पाएको थियो । पेनाल्टीमा जेडिनाकले गोल गरे । अष्ट्रेलिया डेनमार्कसँग पराजित भए नकआउट चरणमा पुग्ने सम्भावना लगभग सकिनेछ ।