काठमाडौं: विश्वकप फुटबल  २०१८ अन्तर्गतको  समूह ‘जी’ को जारी  खेलमा पानामा विरुद्ध इंग्ल्यान्ड हावी हुँदै ५-० गोल अन्तरले अग्रता बनाएको छ ।

खेलको आठौं मिनेटमा इंगल्यान्ड तथा म्यानचेस्टर सिटीका देफेन्दर जोन् स्टोन्सले  गोल गर्दै इंग्ल्याण्डलाई पहिलो अग्रता दिलाएका थिए ।खेलको २२ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दे इंग्ल्यान्डका कप्तान ह्यारी केनले अग्रतालाई दोब्बर बनाए । त्यस्तै, खेलको ३६ औं मिनेटमा म्यानचेस्टर युनाइटेड तथा इंग्ल्याण्डका मिडफिल्डर जेसे लिन्गार्दले गोल गर्दै अग्रता बढाए । खेलको

४० मिनेटमा पुनः स्टोन्सले गोल गर्दै इंग्ल्यान्डको अग्रता ४-० को बनाए भने ४४ मिनेटमा पुनः पेनाल्टी मार्फत गोल गर्दै ह्यारी केनले इंग्ल्यान्डलाई ५-० गोलको अग्रता दिलाएका छन् ।