काठमाडौं: रसियामा जारी २१ औं फिफा विश्वकप फुटबल अन्तर्गत ब्राजिल र कोष्टारिकाबीच जारी खेलको पहिलो हाल्फ बराबरीमा टुंगिएको छ । अर्को चरणमा प्रवेश गर्ने सम्भावना बलियो बनाउन दुवै राष्ट्रलाई जीतको आवश्यकता रहेको छ ।

समुह ‘ई’ अन्तरगत अंक तालिकाको दोस्रो स्थानमा रहेको ब्राजिलले आज कोस्टारिको सामना गर्दैछ । उपाधि दावेदार मानिएको ब्राजिलले समुहको पहिलो खेलमा स्वीट्जरल्याण्डसग १-१ गोलको बराबरी गर्दै १/१ अंक बाँडेका कारण अर्को चरणमा प्रवेश सहज बनाउन आज कोस्टारिका विरुद्ध जित निकाल्नु पर्नेछ । ब्राजिलले कोस्टारिकालाई आजको खेलमा पराजित गर्न सके अन्तिम १६ मा पुग्ने सभावना बलियो बन्नेछ ।


। यसै गरी कोस्टारिकालाई समेत विश्वकप यात्रा जारी राख्न यस खेलमा जीत्न जरुरी छ ।