काठमाडौं: विश्वकपमा अहिले स्वीडेन र साउथ कोरियाबीच खेल सुरु भएको छ ।

समूह ‘एफ’ मा रहेका स्वीडेन र साउथ कोरिया निझ्नी नोभ्गोरोड स्टेडियममा नेपाली समय अनुसार ५ः ४५ बजेबाट खेल भइरहेको छ ।

११ पटक विश्वकप खेलेको स्वीडेन विश्वकपमा एक पटक उपविजेता बनेको छ । दक्षिण कोरियाले भने अहिलेसम्म सेमिफाइनलसम्मको यात्रा तय गरेको छ ।

स्वीडेन समूह चरणको पहिलो खेलमा जित हात पार्दै शुखद सुरुवात गर्ने प्रयासमा रहेको छ भने १०औं पटक विश्वकप खेल्न लागेको दक्षिण कोरिया स्वीडेनलाई रोक्ने रणनीतिमा छ ।