समूह डी अन्तर्गत शनिबार राति भएको खेलमा क्रोएसियाले नाइजेरियामाथि २–० को जित निकालले सगै क्रोएसियाले विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ । खेलको ३२ औँ मिनेटमा नाइजेरियाका इटेबोले क्रोएसियाका खेलाडीको कर्नर जोगाउन खोज्दा आत्मघाती गोल गरे थिए ।

उपहार गोलबाट पहिलो खेलमा १–० को अग्रता लिएको क्रोएसियाले दोस्रो हाफको ७१ औँ मिनेटमा पाएको पेनाल्टीमा लुका मोड्रिकले गोल गर्दै क्रोएसियालाई २–० को जित दिलाए ।

नाइजेरियाले क्रोएसियासँगको खेलमा केही आक्रामक खेलेको थियो । तर उसले गोल भने गर्न सकेन । यो जितले क्रोएसिया समूह डी को शीर्ष स्थानमा रह्यो ।