रुस: विश्वकप २०१८को समुह ‘ए’ अन्तर्गतको दोश्रो खेलमा उरुग्वेद्वारा इजिप्ट १-० गोल अन्तरले पराजित भएको छ । खेलको  ८९ औं मिनेटमा उरुग्वेका जोसे गिमेनेजको गोलको सहायताले उरुग्वे विजयी भएको हो ।

एकातेरिन्बर्ग रंगसालामा भएको उक्त खेलमा कार्लोस सान्चेजले प्रहर गरेको बललाई हेदिन्ग गर्दै उरुग्वेका देफेन्दर  जोसे गिमेनेजले उरुग्वेलाई अग्रता दिलाएका थिए ।यस जित सँगै समुह ‘ए’ को दोश्रो स्थानमा ३ अंकका साथ  उरुग्वे रहेको छ भने पहिलो स्थानमा रुस  समान अंक साथ गोल अन्तरले अगाडी रहेको  छ । समुह ‘ए’मा विजयी हासिल गरेका दुवै रुस र उरुग्वे अर्को चरणमा प्रवेश गर्न बलियो स्थानमा रहेका छन् ।


समुह ‘बी’ अन्तर्गत हुने पहिलो खेलमा मोरोक्कोले एसियन टिम इरानको सामना गर्नेछ । विश्वकपमा यी दुवै देशले पाचौं पटक समान सहभागीता जनाएपनि विश्वकप अन्तर्गत इरान र मोरोक्को बीच यस खेल पहिलो पटक हुँदैछ । विश्वकपका दूई दाबेदार स्पेन र पोर्चुगलसँगको समुहमा रहेको यी दुवै देशको अर्को चरणमा प्रवेस गर्ने सम्भावना भने न्यून रहेको छ ।

आज राति ११:४५ मा हुने खेलमा विश्वकपका दाबेदार स्पेन र पोर्चुगल भिड्दै छन् । ३५ पटक एक अर्काको सामना गरेका स्पेन र पोर्चुगल बिचको खेल निकै नै प्रतिस्पर्धात्मक हुने देखिएको छ । दूई देश बीच भएको खेलमा हालसम्म १६ पटक स्पेन बिजयी भएको छ भने ६ पटक पोर्चुगल विजयी भएको छ । यी दूई बीच भएको १३ खेल भने बराबरीमा टुंगिएको छ । विश्वकप २०१४ मा यी दुवै टिम समुह चरणबाटै बाहिरिएका थिए तर यसवर्ष भने दुवै देश अर्को चरणमा प्रवेश गर्ने सम्भावना बलियो रहेको छ । शीर्ष खेलाडीहरुको हावी रहेको स्पेनलाई रोक्न पोर्चुगलले डिफेन्स तर्फ राम्रो प्रदर्सनी गर्न जरुरी छ भने हालै मात्र स्पेनका प्रशिक्षक वर्खास्त भएको फाइदा पोर्चुगलले उठाउन सक्दछ ।