काठमाडौं: फिफा विश्वकप २०१८ को समुह चरण अन्तर्गत आज ३ खेल हुँदै छन् । आयोजक राष्ट्र रसियाले आज इजिप्टको सामना गर्दै छ भने समुह ‘एच’ अन्तर्गतको पहिलो खेल  कोलम्बिया र जापान बीच हुँदै छ भने दोश्रो खेल सेनेगल र पोल्याण्ड बीच हुँदै छ ।

नेपाली समय अनुसार  आज साँझको ५:४५ मा कोलम्बिया र जापान बीच खेल हुँदै छ । कोलम्बिया र जापान दुवै राष्ट्र विश्वकपमा छैठौं पटक सहभागी हुँदैछन्।  हालसम्म ३ पटक एकअर्काका सामना गरेको खेलमा कोलम्बियाले दुर्इ पटक जापानलार्इ पराजित गरेको छ भने एक खेल बराबरीमा टुंगिएको थियो ।   कोलम्बिया र जापान २०१४ विश्वकपमा पनि एकै समूहमा रहेका थिए।


। त्यसबेला समूह चरणको खेलमा भने कोलम्बियाले जापानलार्इ ४-१ गोल अन्तरले पराजित गरेको थियो। २०१४ विश्वकपमा क्वाटरफाइनल सम्म पुगेको कोलम्बिया यसपटक पनि सोही लयमा रसिया विश्वकपमा प्रदर्शन गर्ने लक्ष्यमा रहेको छ।

यसै गरी साँझको ८:४५ मा आज हुने दोश्रो खेल अन्तर्गत पोल्यान्ड र सेनेगल पहिलो पटक एकअर्का विरुद्ध मैदानमा उत्रदैछन्। २००२ मा पहिलो पटक विश्वकपमा छनौट भएको सेनेगल क्वाटरफाइनलमा टर्कीसँग १-० ले पराजित भएको थियो। विश्वकपमा सेनेगलको यो दोस्रो सहभागिता हो। पोल्यान्ड भने २००६ पछि को विश्वकपमा निरन्तर छनौट हुँदै आएको छ । पोल्यान्डले विश्वकपका ८ खेलमध्‍ये ६ खेलमा पराजय भोगेको छ।

आयोजक राष्ट रसियाले समूह ‘क’ अन्तर्गतको दोश्रो खेलमा इजिप्टको  सामना गर्दै छ ।  निकै नै प्रतिष्पर्धात्मक मानिएको यस खेल रातिको ११:४५ मा हुँदै छ । रसिया र इजिप्ट  पहिलो पटक एकअर्का विरुद्ध प्रतिस्पर्धामा उत्रदैछन्। रसियाले आज जित  हातपार्न सफल भए दोश्रो चरणमा प्रवेश गर्ने पक्का हुनेछ । रसिया साउदी अरेबियालाई ५-० गोल अन्तरले हराउँदै समुहको पहिलो स्थानमा रहेको छ भने उरुग्वे सँग पराजय भोगेको इजिप्ट तेश्रो स्थानमा रहेको छ ।