इजिप्टका गोलरक्षक एस्साम एल हादारी विश्वकपमा सहभागी सबैभन्दा जेठा खेलाडी बनेका छन्।

रुसमा जारी विश्वकप २०१८ मा सोमवार समूह एु अन्तर्गत सउदी अरबविरुद्ध पहिलो खेल खेल्दै गर्दा हादारीको उमेर ४५ वर्ष १६१ दिन छ।

आफ्ना दुवै खेल हारेकाले इजिप्ट र सउदी अरब भने तेस्रो खेलअघि नै बाहिरिसकेका छन्।

एल हादारीलाई अघिल्ला दुई खेलमा वैकल्पिक गोलरक्षकका रूपमा राखिए पनि खेलाइएको थिएन।

यसअघि सन् २०१४ को विश्वकपमा सहभागी कोलम्बियाली खेलाडी फारिद मोन्द्रागोनको नाममा सबैभन्दा जेठा खेलाडीको कीर्तिमान थियो। ब्राजिल जापानविरुद्ध खेल्दा उनको उमेर ४३ वर्ष तीन दिनको थियो।


एल हादारी सउदी अरबमा व्यावसायिक फुटबल खेल्छन् । यसअघि उनले १५८ खेल खेलिसकेका थिए। बीबीसी