काठमाडौं: रसियामा जारी विश्वकप २०१८ अन्तर्गतको खेलमा फ्रान्सले अस्ट्रेलिया माथी २-१ गोलको अन्तरले विजयी हासिल गरेको छ । काजन एरिनामा भएको उक्त खेलमा फ्रान्सले २-१ गोल अन्तरले अस्ट्रेलियालाई पराजित गरेको हो ।

निकै नै प्रतिष्पर्धात्मक भएको उक्त खेलको पहिलो हाल्फमा दुवै टिमले गोल गर्न सकेका थिएनन् । तर दोश्रो हाल्फको  ५८ औं मिनेटमा एन्टोइनी ग्रिजम्यानले पेनाल्टी मार्फत गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।  फ्रान्सका स्ट्राइकर ग्रिजम्यानलाई डिबक्स भित्र अस्ट्रेलियाका जोसुवा रिस्दनले फल गरे पछि फ्रान्सले पेनाल्टी पाएको थियो । भिडियो एसिस्टेन्ट रेफ्रीको सहयोगमा उक्त फललाई रेफ्री एन्देश कुनचाले पेनाल्टी दिएका थिए ।


।  खेलको ६२ औं अ अस्ट्रेलियाले सामुएल उम्तितीको ह्यान्ड बल मार्फत गोल गरे पछि खेल पुन १-१ बराबरी भएको थियो । अस्ट्रेलियाका मिल येदिनकले प्राप्त पेनाल्टीलाइ गोलमा परिणत गर्दै बराबरी बनाएका थिए । तर  खेलको ८० औं मिनेटमा पुन फ्रान्सका चर्चित मिद्फिल्दर पौल पोग्बले गोल गरे पछि फ्रान्सले २-१ को अग्रता लिएको थियो । खेलमा थप गोल हुन नसके पछि अस्ट्रेलियालाई फ्रान्सले २-१ गोल अन्तरले हराएको हो ।