काठमाडौं: आगामी जुन १४ बाट रसियामा सुरु हुने लागेको २१औँ संस्करणको विश्वकप फुटबलका लागि ३२ वटै राष्ट्रको अन्तिम टोलीको नाम घोषणा भएको छ। फिफाले सोमवार विश्वकप खेल्ने ३२ वटै टिमको २३ सदस्यीय खेलाडीको लिस्ट आधिकारिक रुपमा सार्वजनिक गरेको हो ।

फिफाले १० दिनअघि जम्मा ७ सय ३६ खेलाडीको नाम सार्वजनिक गरिसकेको थियो ।

वर्तमान विश्व फुटबलका चर्चित र उत्कृष्ट खेलाडीहरुले खेल्ने विश्वकपमा केही चर्चित र स्टार नामहरु भने नरहने जानकारी फिफाले जबनाएको छ । । विश्वकपमा छनोट हुन असफल भएका इटली, चिली र नेदरल्याण्ड्सका सम्पूर्ण खेलाडीले विश्वकप गुमाउनेछन्। यस्तै विश्वकपमा छनोट हुन असफल भएका केही साना देशका ठूला स्टार पनि यस पटक विश्वकपमा हुनेछनैनन्।


रसियामा विश्वकप खेल्ने ३२ देशका अन्तिम खेलाडीको लिस्टका लागि यहाँ क्लिक हेर्न गरेर सकिन्छ । ।