काठमाडौं: विश्वकप फुटबल २०१८ अन्तर्गत समूह ‘एच’को खेलमा जापानद्वारा कोलम्बिया २-१ ले पराजित भएको छ । जापानविरुद्धको खेलमा जापानी खेलाडी सिन्जी कागावाको प्रहारलाई हातले रोकेपछि  जापानले पेनाल्टी पाएको थियो । म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडीसमेत रहेका जापानी खेलाडी शिन्जी कागावाले पेनाल्टीमाफर्त गोल गर्दै खेलको छैटौँ मिनेटमा जापानलाई १–० को अग्रता दिलाए ।

डिबक्सभित्र हातले बल रोकेपछि कोलम्बियाका खेलाडी कालोर्स सान्चेज रेड कार्ड खाँदै मैदानबाट बाहिरिए । सान्चेज विश्वकप २०१८ मा रेड कार्ड पाउने पहिलो खेलाडी पनि भएका छन् ।  खेलको ३७ औँ मिनेटमा डिबक्सबाहिर जापानी खेलाडी माहोतो हासेबेले कोलम्बियाली खेलाडी राडामेल फाल्काओलाई लडाएपछि कोलम्बियाले फ्रिकिक पायो ।


। जुवान क्विन्टेरोले फ्रिकिकमार्फत गोल गर्दै १–१ को बराबरी गरे ।

खेलको ५९ औँ मिनेटमा कोलम्बियाले क्विन्टेरोको स्थानमा रोड्रिग्वेजलाई मैदानमा प्रवेश गरायो । तर खेलको ७३ औँ मिनेटमा जापानका लागि युथा ओसाकोले गोल गर्दै २–१ को अग्रता बनाए । उक्त गोल निर्णायक भए पछि कोलम्बिया माथि जापानले आफ्नो पहिलो जित हात पर्न सफल भयो ।