काठमाडौंः नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट हालसम्म मृत्यु हुनेको संख्या ५ हजार ४ सय १८ जना पुगेको छ ।

चीनको वुहानबाट फैलिएको यो भाइरसको संक्रमणबाट शुक्रबार मात्रै ४ सय ३६ जनाको मृत्यु भएपछि ५ हजार ४ सय १८ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार हालसम्ममा कोरोनाभाइरसको संक्रमण १ सय २९ मुलुकमा फैलिएको छ ।

शुक्रबारसम्म संक्रमित १ लाख ४५ हजार ४ सय ४४ पुष्टि भएकोमा करिब ७१ हजार व्यक्ति निको भएर घर फर्केका छन् ।

कोरोनाको संक्रमणबाट सबैभन्दा बढी चिनियाँ नागरिक प्रभावित भएका छन् ।


। चीनमा मात्रै ३१ सय ७७ जनाको मृत्यु भएको छ ।

८० हजार ८ सय १७ जनामा संक्रमण देखिएकोमा ६४ हजार १ सय ५२ जना उपचारपछि ठीक भएर घर फर्किएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

इटाली चीनपछि कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देश हो । यहाँ हालसम्म १२ सय ६६ जनाको मृत्यु भएको छ । यस्तै इरानमा ५ सय १४ जना, स्पनेमा १ सय ३३ जना, दक्षिण कोरियामा ७१ जना, अमेरिकामा ४१ जना र जर्मनीमा ८ जनाको मृत्यु भएको छ ।


प्रकाशित मितिः शनिबार, चैत १, ०८:२५