काठमाडौंः कोरोना भाइरसको संक्रमण फैलिएको एक वर्ष वित्दा विश्वभर संक्रमितको संख्या १२ करोड नाघेको छ ।

पछिल्लो २४ घण्टामा ४ लाख ३४ हजार ८०८ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर संक्रमितको संख्या १२ करोड ३५ हजार ५९० पुगेको छ ।

हाल विश्वमा २ करोड ८ लाख ३ हजार ६८९ सक्रिय संक्रमित छन्। तीमध्ये ८९ हजार २७१ जना गम्भीर बिरामी छन् ।

पछिल्लो २४ घण्टामा ७ हजार ८५६ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २६ लाख ५८ हजार ८८७ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वभर ९ करोड ६५ लाख ७३ हजारभन्दा धेरै व्यक्तिले कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।



प्रकाशित मितिः २०७७ साल चैत १ गते आइतबार, ०८:०१