काठमाडौ : आज खडेरी विरुद्धको दिवस ‘हाम्रो भविष्य सुक्खा हुन नदिउँ’ भन्ने नाराका साथ मनाइदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९९४ देखि हरेक वर्षको जुन १७ तारिखमा यो दिवस मनाउने गरिन्छ ।

खाद्यान्न र पानीको संरक्षणमा यस वर्षको दिवस केन्द्रित छ ।
विशेषगरी अस्ट्रेलिया, अल्जेरिया, क्यानडा, घाना, अमेरिका लगायतका देशमा प्राथमिकता साथ दिवस मनाइन्छ ।

नेपालमा भने यो दिवस मनाउने गरिएको छैन । तर पनि नेपालमा पनि खडेरीकै कारण पछिल्लो समयमा खाद्यान्न उत्पादनमा ह्रास आउन थालेको छ ।
राष्ट्र संघका अनुसार खडेरी र सुख्खाको मार सबैभन्दा बढी अफ्रिकी मुलुकमा देखापरेको छ भने सिंचाइ अभावका कारण वालि उत्पादन नहुदा छिमेकी मुलुक भारतमा पनि बर्षेनी सयौं किसानले आत्महत्या गर्ने गरेका छन ।