ललितपुरः विश्व एड्स दिवसको अवसरमा ललितपुरको सानेपामा विविध प्रस्तुतीका साथ सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

विश्व एड्स दिवसको अवसर पारेर विद्यालय र कलेजका बिद्यार्थीहरु तथा सरोकारवालाहरुको उपस्थितीमा एचआईभी सम्बन्धी सचेतनामुलक नाटक, सांस्कृतिक प्रस्तुती तथा यस सम्बन्धी संदेशमुलक धारणा सहितको कार्यक्रम सानेपास्थित रेडियण्ट स्कुलमा सम्पन्न भएको हो ।

नागरिक र प्रहरीको सहकार्य आजको आवश्यकता, सामुदायिक प्रहरी सेवाको प्रतिवद्धता एचआईभीको नियन्त्रणमा सामुदायका प्रभावकारी भूमिका भन्ने नाराका साथ कार्यक्रममा एचआईभी एड्सको दलदल सम्म बिद्यालय र कलेजका किशोर किशोरीहरु पुग्न सक्ने अवस्था, अभिभावक र विद्यालय कलेजको भुमिका, यसको रोकथामको उपाय र एचआईभी पीडितको समान सामाजिक जीवनका बारेमा चेतनामुलक नाटक प्रस्तुत गरिनुका साथै राजनीतिक दलका शिर्ष नेताहरुले जनतालाई देखाउने सपना र आश्वासन माथी ब्यांग्यात्मक प्रस्तुती समेत कलाकारले प्रस्तुत गरेका थिए ।


नेपाली मौलिक भेषभुषा सहितको लोकगीतमा बाल कलाकारहरुले नृत्य प्रस्तुत गरिएको कार्यक्रममा कार्यक्रम संचालिका तथा गायिका अन्जु श्रेष्ठले आफ्नो बजारमा आउने तयारीमा रहेको देशप्रेम अभिब्यक्त गुँरासको रंग मेरो बोलको गीत प्रस्तुत गरेकी थिईन् ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र सानेपा र महानगरिय प्रहरी प्रभाग सानेपाको आयोजनामा भएको यस कार्यक्रमलाई ललितपुर महानगरपालिका, एड्स हेल्थ केयर फाउण्डेशन नेपाल र राष्ट्रिय एच आईभि तथा एड्स महासंघ नेपालले प्रायोजन गरेको थिए ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको प्रमुख आतित्यतामा सम्पन्न कार्यक्रमममा बिद्यालयका प्रिन्सीपल साथै सरोकारवाला ब्यक्तिहरुले एचआईभी एड्सका बारेमा भै रहेका पहल, प्रभावकारी योजना, पीडितका लागि सामुदायको दायित्व लगायत बिषयमा आ आफ्ना धारणा राखेका थिए ।

विभिन्न विद्यालय र कलेजबाट उपस्थित सयौं बिद्यार्थी, अभिभावक, शिक्षक शिक्षिका र सरोकारवाला ब्यक्तिहरुको बाक्लो उपस्थितीमा सम्पन्न कार्यक्रममा एचआईभी र हेपाटाईटिज बि को परिक्षणको ब्यबस्था समेत गरिएको थियो ।


प्रकाशित मितिः सोमबार, मंसिर १६, १५:०४