बागलुङः यतिबेला नेपालीहरुको दोस्रो महान चाड तिहार हाम्रो घर आगनीमा बिस्तारै आउँदै छ । सबैका आगनीका डिलमा फुलेका मखमली सयपत्री अनि गोदावरी फूलले तिहारलाई स्वागत गरिरहेका छन् ।

तिहार भन्ना साथ तपाईं हाम्रो मन मस्तिष्कमा देउसी भैलो गुञ्जन्छ । अहिले गाउँ देखि शहर सम्म जताततै देउसी भैलो खेल्ने प्रचलन छ । तिहार हिन्दु धर्मावलम्बीहरूको दशैं पछिको सबैभन्दा ठूलो पर्व हो ।

यो पर्व कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले सुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म ५ दिन मनाइन्छ । ५ दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ ।


। यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको छ ।

चाडबाड नजिकिए सँगै चाडपर्व लक्षित गीतहरू पनि बजारमा प्रस्तुत हुन थालेका छन् । शुक्रबार लोक तथा दोहोरी गायक विष्णु खत्रीले मौलिक देउसी भैलो गीत ‘लाहुरे बाको आगनी’ मा सार्वजनिक गरेका छन् ।

समाजमा नेताको भूमिका, मास्टर साब अर्थात शिक्षकको भूमिका र लाहुरे बाको जिन्दगीलाई गीतमा चित्रण गरिएको छ ।

सिसा टल्केको गीती एल्वमबाट आफनो सांगितिक यात्रा तय गरेका खत्रीले नेपाली गीत संगीतको बजारमा हजारौं गीत श्रोता दर्शक सामु प्रस्तुत गरिसकेका छन ।

वि.सं. २०५७/०५८ तिरबाट गीत संगीतमा प्रवेश गरेका गायक खत्रीले दशैं तिहारमा प्रत्येक वर्ष नयाँ गीत श्रोता दर्शक माझ प्रस्तुत गर्दै आउने क्रममा यसपटक तिहारलाई लक्षित गरी यो गीत बजारमा ल्याएका हुन् ।

आफनै युट्युव च्यानल मार्फत रिलिज भएको उक्त गीतले २४ घण्टामै अत्यधिक दर्शक श्रोताको माया पाएको छ ।

गायक खत्रीले बजारमा ल्याएका सबैजसो गीतमा आँफ्नै शव्द र लय सिर्जना रहेकोमा पछिल्लो गीतमा पनि यसको निरन्तरता देख्न सकिन्छ । गीतले नजिकिदै गरेको महान चाड तिहार गाउँ घरमा खेलिने देउसी भैलो मार्फत हाम्रो समाजमा सन्देश प्रदान गरेको छ ।

हाम्रो समाजको परिवेश, जनताको आवाज अनि समाजको वास्तविक विषयवस्तु उठान भएको हुँदा गीतले उल्लेख्य दर्शक श्रोताको मन जित्ने गायक खत्रीले अपेक्षा गरेका छन् ।

नेपाली लोक संगीतमा लामो समय चर्चाको शिखरमा रहेका गायक खत्रीले कोरोना संकटका बीच हाम्रो तिहारको मौलिक कला संस्कृति अनि परम्परा र रिति रिवाजलाई संरक्षण गर्न र जीवन्त राख्दै नयाँ पुस्ता सम्म पुर्याउन यो गीत सृजना गरेको जानकारी दिएका छन् ।‌

गायक खत्री र गायिका टिका पुन अनि मुना थापा मगरको सुमधुर आवाजमा रहेको गीतको म्युजिक भिडियोमा निर्देशक होम गुरुङले निर्देशन गरेका छन् । यसमा अभिनय निर्मल क्षेत्री, सम्झना खत्री र सकुना खत्री सहित दर्जनौं कलाकारको अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस्ः

  • थम्मन थापा

प्रकाशित मितिः २०७७ साल कार्तिक १५ शनिबार, ११:१३