काठमाडौंः गायिका विष्णु माझी र गायक सञ्जय फ्राउनफिल्डरको नयाँ लोकदोहोरी गीत बजारमा आएको छ ।

उनीहरुको आवाजमा ‘हाँसेको मायालु’बोलको लोकदोहोरी गीतको भिडियो पनि सार्वजनिक गरिएको छ ।

कुमार परियार ‘धादिङे’को शब्द रहेको गीतमा आयुष परियारको संगीत छ । गीतका एरेञ्जर भने बिनोद बाजुराली हुन् । सार्वजनिक गीतको भिडियोमा मोडल लोमश शर्मा, पुजन घिमिरे र रितु तामाङको अभिनय रहेको छ ।

गीतको भिडियोलाई शिव वि.क.ले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् । शम्भु चालिसेको छायांकन रहेको भिडियोको विकास धमलाले सम्पादन गरेका छन् । एसएफ आर ईन्टरटेन्मेन्टको युट्युब च्यानलमा भिडियो सार्वजनिक गरिएको छ ।


भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः बुधबार, मंसिर ११, ११:३९