काठमाडौंः वीपी विचार राष्ट्रिय समाजको क्यानडामा शाखा स्थापना भएको छ ।

समाजको केन्द्रीय कार्यालय चण्डोलमा बुधबार बसेको बैठकले समाजको क्यानडा शाखा गठन गर्ने निर्णय गरेको हो ।

लेखनाथ तिमल्सिना संयोजक रहेको उक्त कार्यसमितिले ६ महिनाभित्र केन्द्रसँग समन्वय गरि क्यानडा शाखाको अधिवेशन गरि स्थायी समिति गठन गर्ने वीपी विचार राष्ट्रिय समाजका महासचिव विनध्यज चन्दले जानकारी दिए ।

 


प्रकाशित मितिः शुक्रबार, पुस २५, १३:०२