काठमाडौंः वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले एक महिनाम पाँच लाख रुपैयाँबराबरको खाजा खाएको बिल पेस गरेको समाचार आजको नागरिकले छापेको छ  ।

समाचारमा लेखिएको छ, २०७६ असारमा अस्पताल प्रशासनले बनाएको बिलमा वीरका निर्देशक सेञ्चुरीले चार लाख ६९ हजार तीन सय रुपैयाँ खाजामा खर्च गरेको देखिन्छ । बिलको सदर सेञ्चुरी स्वयंले गरेका छन् ।

अस्पताल प्रशासनले तयार गरेको बिलमा माइतीघरको अन्नपूर्ण क्याफेबाट दुई लाख ९० हजार र जी एन्ड बी क्याफेबाट एक लाख ८५ हजार रुपैयाँ बराबरको खाजा लिएको देखिन्छ ।

स्रोतका अनुसार एक महिनामा झन्डै पाँच लाख रुपैयाँबराबरको खाजा खर्च गरिएको भनिएका बिल नक्कली हुन् ।


। पाँच लाख खर्च भएको देखाउन नक्कली बिल बनाइएका हुन् ।

 


प्रकाशित मितिः बिहीबार, असोज १६, ०७:५८