काठमाडौंः चीनको वुहानमा रहेका नेपाली विद्यार्थीलाई उद्दार गर्न पर्सी ३ गते शनिबार नेपाल एयरलाइन्सको वाइडबडी जहाज चीनको वुहान जाने भएको छ । दिउँसो २ः४५ बजेको समयमा जहाज चीन प्रस्थान गर्नेछ । वुहानबाट नेपाली विद्यार्थीलाई लिएर जहाज आइतबार बिहान २ः१५ बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यतालिका तय भएको छ ।

चीनस्थित नेपाली दूतावासले पनि वुहान लगायत अन्य सहरमा रहेका नेपाली नागरिकलाई जम्मा पार्ने तयारी गरिरहेको छ । हुवेई प्रान्तको विभिन्न सहरमा रहेका नेपाली विद्यार्थी सबैलाई वुहानमा भेला गरिनेछ । चीनको वुहानबाट फैलिएको कोरोनाभाइरसले विश्वभर त्रास मच्चाएपछि नेपाल सरकारले पनि चीनमा रहेका आफ्ना नागरिकलाई फिर्ता ल्याउन लागेको हो ।


। फिर्ता गरेर ल्याइने विद्यार्थीलाई क्वारेन्टाइनमा राख्न भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको दुईटा भवन तयारी अवस्थामा राखिएको छ ।

तर खरिपाटीस्थित बासिन्दाले भने बिरोध जनाइरहेका छन् ।


प्रकाशित मितिः बिहीबार, फागुन १, १५:४५